Home राशिफल यस्तो छ तपाइको आजको राशिफल हेर्नुहोस् !

यस्तो छ तपाइको आजको राशिफल हेर्नुहोस् !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

खाद्यान्न तथा औषधिजन्य व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा बिश्वासको बाताबरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ । तरपनि भरसक यात्राका तय नगर्नुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

स्वास्थले साथ दिने हुँदा शाहसिलो काम गर्न आट आउनेछ । प्रतिश्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययनमा प्रगति हुनुका साथै आफ्नो ज्ञान प्रयोग गरि काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुने अधिक सम्भावना रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउने समय रहेको तथा बंश बृद्धिको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टाएर जानेछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने धन संग्रह गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आर्थिक दृष्टिकोणले आजको दिन मध्ययम रहेकोछ । आबेग तथा अहंकारले गलत बाटोमा नलैजाला भन्न सकिन्न । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । अनावश्यक तनाव लिने बानिले काम गर्न मन लाग्ने छैन । आफन्त तथा आमाको स्वास्थ्यमा समस्या पैदा हुनेछ । व्यापारमा मन्दि आउने भएपनि दैनिक उपभोग्य बस्तु तथा औषधिजन्य सामानको खरिद बिक्रिबाट लाभ लिन सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । राम्रै आम्दानि हुने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउन सकिनेछ । आट तथा साहस बढेर जानेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मान प्रशन्न हुनेछ । अध्ययनमा प्रगति भएर जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय दिदानि मनग्गे आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बीचको सम्बन्ध सौहार्दपुर्ण रहनेछ भने तपाईबाट राम्रा काम हुने हुनाले सम्मान प्राप्त हुनेछ । संगित एवमं साहित्यमा रुचि जाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेकोछ । सुझबुझ तथा लगनशिलताले समयलाई फलदायि बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरि नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न गाह्रो महशुष हुनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायबाट आम्दानी गर्न केहि समय पर्खनु पर्नेछ । माया प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि काम तथा अध्ययनको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारिक जीवन सुखद रहनेछ भने घरपरिवारका सदस्य,मित्र,नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछ । थोरै मेहनेत गर्दापनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । ललितकला,संगित एवम साहित्यमा रुचि बढ्नेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिने समय रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तपाईँबाट राम्रा काम हुनाले पिता, परिवार वा वंशकै मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानले उन्नति र प्रगति गर्नेछन् । दृढ इच्छाशक्तिका कारण शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुनेछ । गरेको कर्ममा भाग्य थता समयले साथ दिनेछ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । सामाजिक गतिविधि, परोपकारी काम र दान धर्ममा समय व्यातित हुनेछ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समयमा कामहरु सम्पन्न नहुँदा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानी नहुँदा दैनिकी कष्टप्रद हुनेछ । माया प्रेममा आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । स्वास्थ्य स्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
यस्तो छ तपाइको आजको राशिफल हेर्नुहोस् !