८ भदौ, काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी जम्मा २२४ जना संक्रमित थपिएका छन् ।
यअसघि आइतबार काठमाडौं उपत्यकाम १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका ४७ महिला र ७९ पुरुष , भक्तपुरका ११ महिला र १७ पुरुष र ललितपुरमा ७ महिला र ५ पुरुष रहको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।