Home समाचार उपत्यकामा निषेधाज्ञा पछि तरकारीको भाउ आकासियो

उपत्यकामा निषेधाज्ञा पछि तरकारीको भाउ आकासियो

काठमाडौ । कोरोनाको जोखिम बढेको भन्दै सरकारले निषेधाज्ञा जारी गरेपछि काठमाडौ उपत्यकामा तरकारीको भाउ अकासिएको छ । आपूर्ति व्यवस्था सहज बनाउने कुनै योजना विनै सरकारले लकडाउन र निषेधाज्ञाजस्ता आवतजावतमा कडाइ गर्ने व्यवस्था लागू गर्दा तरकारीको भाउ आकासिएको हो ।

कालिमाटीको थोक बजारमा नै हरियो ताजा तरकारीको भाउ निकै बढेको व्यापारीहरुको भनाई छ । तरकारीको भाउ नै बढ्न थालेपछि साना व्यापारीहरु पनि तरकारीको व्यवसाय गर्न आकर्षिक भएका छन् । अन्य व्यवसाय गरेका साना व्यपारिहरुले भने थोरै परिमाणमा तरकारी बिक्रिबिरण गर्न थालेका छन् ।

सामान्य अवस्थामा कालिमाटी बजारमा दैनिक पाँच देखि छ लाख किलो तरकारी आयात हुने गरेपनि निषेधाज्ञाका कारण आयात घटेको कालिमाटी बजारको तथ्यांकले देखाएको छ । यस्तै निषेधाज्ञा लगत्तै दैनिक उपभोग्य खाद्यान्नको मूल्यमामा समेत बृद्धि हुन थालेको गुनासो सर्वसाधारणहरुले गरेका छन् । उता कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ ।

व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो । दैनिक औसतमा पाँच सय मेट्रिकटन तरकारी तथा फलफूल बिक्री हुने यस बजारमा ४ सय ५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
उपत्यकामा निषेधाज्ञा पछि तरकारीको भाउ आकासियो