Home स्वास्थ्य नेपालमै कोरोनाविरुद्धको खोप तयार भएको दाबी

नेपालमै कोरोनाविरुद्धको खोप तयार भएको दाबी

मकवानपुर – हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा.डा.ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेका हुन्।

वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा.दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन् । सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा.दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए ।

एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए ।

वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गर्नुभएका डा.दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबर्द्धक जडिबुटीबाट निर्माण गरिएको हो ।

केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो ।

‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरे । कलेजका प्रा.दामोदर गैरेले पनि डा.दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुने विचार व्यक्त गरे ।

यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनको आग्रह छ । संघीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले गरे । – रासस 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

एकाबिहानै सुपा देउरालीको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस। असार ११ गते र्शुकबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला । यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला ।...

जानीराखौ !! भगवान शिवलाई खुसी बनाउन गर्नुहोस् यि ५ काम, हुनेछ फलिफाप ||

काठमाडौ । हिन्दु धर्ममा सोमवारको विशेष महत्व छ । यो दिन भगवान शिवलाई खुसी बनाउन सक्दा मनो’कामना पुरा हुने विश्वास लिइन्छ ।...

तपाईंले सोचको ७ दिन मा पुरा हुनेछ फोटो मा छोएर OM लेख्नुहोस

शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो । शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई योनी, पीठम्...

सुत्नुभन्दा पहिले मुक्तिनाथको दर्सन गर्नुहोस (सेयर गरौ) ॐ ॐ

हिन्दु धर्मशास्त्र महाभारतमा उल्लेख भए अनुसार एक पटक युधिष्ठिरले श्रीकृष्णलाई प्रश्न गरेका थिए , ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी...

राष्ट्रपतिले भनीन “म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ” ।।।।।। उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २-२ पटक विघटन गरेको घटना विरलै हुने बताएका छन्।