Home समाचार विवादमा तानिएको ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

विवादमा तानिएको ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

काठमाडौं – स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमिता गरेको भेटिएपछि विवादमा तानिएको ओम्नी (ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल) समूह कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गर्दै उक्त समूहलाई कालोसूचीमा राखेको जनाएको हो । यो समूहले अब १ वर्ष कुनै पनि खरिद प्रक्रियामा सहभागिता जनाउन नपाउने गरी कालोसूचीमा राखिएको छ ।

ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक चलखेल भएको थियो । यो खबर बाहिरिएपछि जनस्तरबाट सरकारको व्यापक विरोध भएको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको जनाइएको छ ।

नेपालमा कोरोना भाइरसका संक्रमण देखिएसँगै सरकारले विना प्रतिस्पर्धा ओम्नी समूहलाई चीनबाट स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो ।

त्यसपछि विना प्रतिस्पर्धा महंगो मूल्यमा उपकरण खरिद गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

विवाद भएपछि स्वास्थ्य सेवा विभागले गत चैत्र १९ गते ओम्नीसँगको खरिद सम्झौता रद्द गरेको थियो ।

ओम्नी समूहले स्वास्थ्य साम्रगी ल्याउँदा भ्रष्ट्राचार गरेको खुलेपछि सरकारले औषधि खरिद प्रक्रिया नेपाली सेनलाई जिम्मा दिएको थियो ।

विवादमा तानिएको ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
विवादमा तानिएको ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा