Home समाचार कोरोना सङ्क्रमण भई उपचाररत दुई जनाको मृत्यु

कोरोना सङ्क्रमण भई उपचाररत दुई जनाको मृत्यु

भरतपुर – कोरोना सङ्क्रमण भई उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १० बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी सूचनामा मिर्गाैलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनको खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएपछि भदौ २३ गतेदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक प्रा डा दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति १२ः१८ बजेको समयमा मृत्यु भएको हो ।

स्वासप्रस्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले जानकारी दिनुभयो । हालसम्म जिल्लामा उपचारका क्रममा र घरमा गरी मृत्यु हुनेको सङ्ख्या २९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये चितवनका मात्र १७ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

एकाबिहानै सुपा देउरालीको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस। असार ११ गते र्शुकबार, यस्तो छ तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)काममा कठिनाइ सहनु पर्ला होसीयारी पूर्वक काम गर्नु होला । यातायातका साधनबाट पनि जोग्गिनु होला । विशेष योजना गोप्य राख्नुहोला ।...

जानीराखौ !! भगवान शिवलाई खुसी बनाउन गर्नुहोस् यि ५ काम, हुनेछ फलिफाप ||

काठमाडौ । हिन्दु धर्ममा सोमवारको विशेष महत्व छ । यो दिन भगवान शिवलाई खुसी बनाउन सक्दा मनो’कामना पुरा हुने विश्वास लिइन्छ ।...

तपाईंले सोचको ७ दिन मा पुरा हुनेछ फोटो मा छोएर OM लेख्नुहोस

शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो । शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई योनी, पीठम्...

सुत्नुभन्दा पहिले मुक्तिनाथको दर्सन गर्नुहोस (सेयर गरौ) ॐ ॐ

हिन्दु धर्मशास्त्र महाभारतमा उल्लेख भए अनुसार एक पटक युधिष्ठिरले श्रीकृष्णलाई प्रश्न गरेका थिए , ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी...

राष्ट्रपतिले भनीन “म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ” ।।।।।। उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २-२ पटक विघटन गरेको घटना विरलै हुने बताएका छन्।