Home समाज कोरोनाको कारण थप १० जनाको मृत्यु

कोरोनाको कारण थप १० जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाको कारण थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने मध्ये ४ जना पुरुष र ६ जना महिला रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतकको दर बढिरहेको छ । हिजो (शनिवार) मात्रै नेपालमा कोरोनाको कारण ११ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार आज नेपालमा थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजसम्म कुल संक्रमितमध्ये ७२ प्रतिशत अर्थात ४६ हजार २ सय ३३ जना कोरोना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप ९ सय ६६ जना कोरोना उपचारपछि निको भएर फर्किएका छन् । हाल नेपालमा १७ हजार ४ सय ७८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । भने हाल ७ हजार ४ सय ५१ जना क्वारेनटाइनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
कोरोनाको कारण थप १० जनाको मृत्यु