काठमाडौं । पछील्लो २४ घण्टामा नेपालमा थप १ हजार ३२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनासहित देशभर ४६९ महिला र ८५६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । प्रवक्ता गौतमका अनुसार नेपालका ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ९ जिल्ला
- काठमाडौं
- भक्तपुर
- ललितपुर
- चितवन
- मकवानपुर
- सर्लाही
- सिरहा
- रुपन्देही
- सुनसरी