बाँके : बाँकेमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ४ सहारे निवासी ५८ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । मृतक ज्यान मुद्दाका बन्दी हुन् ।
उनलाई उपचारका लागि सुर्खेतबाट बाँके कारागार हुँदै अस्पताल पुर्याइएको थियो । उनी भदौ २२ गतेदेखि भेरी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ भएको छ । मृत्यु हुनेमध्ये चार जना जिल्ला बाहिरका छन ।