Home समाचार गण्डकी प्रदेशमा ३८ जना नयाँ कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा ३८ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार अपरान्ह विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । संक्रमित हुनेमा तनहुँको शुक्लागण्डकीका सबैभन्दा बढी १७ जना छन् ।

यसैगरी बाग्लुङको ढोरपाटनमा १४ जना नयाँ संक्रमितको पहिचान भएको छ । त्यस्तै कास्कीको माछापुच्छे्र र रुपाका चार जन, स्याङ्जाको पुतलीबजारका दुईजना र गोरखाको सिरानचोकका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ७७ पुगेको छ  ।

संक्रमित मध्ये बाग्लुङ ढोरपाटन–१ का ब्यक्तिहरु नेपाल बैंक लि, हिमाल मेडिकल, भट्टराई ईलेक्ट्रोनिक्स, ढोरपाटन नगरपालिका कार्यालय, बुर्तीवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरी होटल, साइँला होटल र सिटी क्लिनिकमा कार्यरत हुनुहुन्छ ।

बाग्लुङ जिल्ला, ढोरपाटन–४ का ३१ वर्षीय पुरुष र गोरखा जिल्ला, सिरानचोक–६ का ३३ वर्षीय पुरुष भारतबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ ।

अन्य सबै संक्रमित कन्ट्रयाक ट्रेसिङबाट पहिचान हुनुभएको हो । संक्रमितलाई आईसोलेशन केन्द्रमा लैजाने तयारी भइरहेको  निर्देशनालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
गण्डकी प्रदेशमा ३८ जना नयाँ कोरोना संक्रमित थपिए