तनहुँ । तनहुँ आबुखैरेनी गाउँपालिका ४, खस्राङका २१ वर्षीय वीरमान गुरुङ बुबाको हत्या आरोपमा पक्राउ परेका छन् । उनले ४१ वर्षीय बुबा राजकुमारको हत्या गरेको प्रहरीले जनाएको छ ।
वीरमानले गत भदौ ३१ गते आफ्नै बुबालाई घरमा मारेर आफ्नो जातीय रीतिरिवाजअनुसार चिहानमा खाडलमा पुरेर दाहसंस्कार गरेका थिए । अनुसन्धानमा क्रममा उनले हत्या गरेको पाइएको थियो ।
वीरमानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।