डडेल्धुरा : डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा २० जनामा कोरोना पोजिटिभ देखिएको छ । डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालाका मेडिकल ल्याव टेक्नोलिष्ट जिनी गणेजुका अनुसार सोमबार डडेल्धुराका ४ र बझाङ का १६ गरी २० जनामा कोरोना देखिएको हो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा एक सय आठ जनाको नमुना परीक्षण गर्दा २० जनामा पोजिटिभ देखिएको र अन्य ८८ जनाको नेगेटिभ आएको प्रयोशालाले जनाएको छ । संक्रमित हुनेमा डडेल्धुरा जिल्ला अजयमेरु गाउपालिकाका ४ जना र बझाङ जिल्ला जयपृथ्वी नगरपालिकाका ७ जना, केदारस्युँ गाउपालिका ४ जना, विथ्थडचिर गाउँपालिकाका १ जना, मष्ठा गाउँपालिका ३ जना र छबिसपाथीभरा गाउँपालिकाका १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।