Home राशिफल आज असोज ८ गते विहिबार, यस्तो छ तपाईंको आजको राशिफल

आज असोज ८ गते विहिबार, यस्तो छ तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ भने छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । शुुभ तथा माङ्गलिक कार्यमा सहभागिग भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

जीवन साथिको माध्यामबाट घरपरिवारमा सुख समृद्धि बढ्नेछ भने आफन्तका साथ सँगै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बौद्धिक क्षमताले सम्मान दिलाउनेछ । भौतिक तथा विलाशी बस्तुको कारोबारमा समान्य बृद्धि हुनेछ । उचित प्रेममात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दैनिक कारोबारले गति लिने तथा आर्थिक रुपमा सबल हुने समय रहेकोछ । तपाईँको कुरा काट्नेहरु आफै किनारा लाग्नेछन् । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्ने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । ऋण,रोगबाट मुक्ति मिल्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षको आशिर्वादले काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा मन जाने तथा श्रमको उचित मुल्याङकन हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यावसायबाट नाँफा कमाउन सकिने तथा आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । समाजमा राम्र काम गर्न सकिने हुनाले मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भनपे प्रेम र प्रणयतर्फ मन आकर्षण हुनेछ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

घरायसी वातावरणमा केही असामान्य अवस्थाको सिर्जना हुनेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा अस्थिरता आउने तथा आत्मविश्वासमा कमि हुनेछ भने निर्णायक क्षमतामा कमी आउने छ । अर्काको भर पर्दा काम धन्दा थाति रहनेछन् । तरपनि नयाँ काम गर्दै हुनुहुन्छ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु आजको दिन राम्रो हुनेछ । कृषि क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रतिस्पर्धीहरुको मनोबल गिराउदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानी बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुका लागि समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सामाजिक काममा समय खर्च हुनेछ भने धार्मिक तथा सामाजिक क्षेत्रबाट सम्मानित भई मान सम्मानमा बृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोत पत्ता लगाउन सकिनेछ । पारिवारिक सुख मिल्ने तथा मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बध्ध काममा कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागि पद प्राप्तीको योग रहेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
आज असोज ८ गते विहिबार, यस्तो छ तपाईंको आजको राशिफल