पाल्पा : पाल्पामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर २ मा गएराति पहिरो जाँदा पाँच जना बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार स्थानीय होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ ।