Home समाचार पहिरोले घर पुरिँदा स्याङ्जामा दुईको मृत्यु, पाल्पामा ६ जना बेपत्ता

पहिरोले घर पुरिँदा स्याङ्जामा दुईको मृत्यु, पाल्पामा ६ जना बेपत्ता

काठमाडौं : केही दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरो र बाढीले देशका अधिकांश भागको जनजीवन प्रभावित बन्न थालेको छ । समयमै सजकता नअपनाउने हो भने जनधनको ठूलो क्षति हुन सक्ने विज्ञहरुले सुझाएका छन् ।

वर्षासँगै आएको पहिरो र बाढीले गए रातिदेखि आज बिहानसम्म दुई जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।

स्याङजाको वालिङ नगरपालिका–१४, तमादीमा माया नेपालीको पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । एक जनाको जीवतै उद्धार गरिएको छ भने ८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेका जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । त्यस्तै कालिगण्डकी गाउँपालिका–४, गौतमडाँडाँमा पनि पहिरोका कारण १६ वर्षीय विष्णु दमाईको पुरिएर मृत्यु भएको छ ।

त्यस्तै, पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले तीन घर पुर्दा आज बिहान ६ जना बेपत्ता भएका छन् । बेलौजा स्वास्थ्य चौकी नजिकै खसेको पहिरोले दुई घर पुरेको हो । हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिंँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले बताए ।

पहिरोमा पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने भोगरे ज्यान जोगाउन सफल भएका छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्दारमा समस्या भएको प्रहरीले जनाएको छ ।

उता अविरल वर्षाका कारण गुल्मीकोे तम्घास–रिडी, रुद्रवेणी–वामीटक्सार, रिडी–खज्र्याङ्ग र तम्घास–ईन्द्रेगौंडा सडकखण्ड अवरुद्ध बनेका छन् । गुल्मीका अधिकांस ग्रामीण सडकहरु समेत अवरुद्ध बनेका छन् ।

त्यस्तै पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पनि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहिरो खसेसँगै गए रातिदेखि सडक अबरुद्ध भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
पहिरोले घर पुरिँदा स्याङ्जामा दुईको मृत्यु, पाल्पामा ६ जना बेपत्ता