Home समाचार बझाङमा एक बालिका मृत भेटिए

बझाङमा एक बालिका मृत भेटिए

बझाङ । मष्टा गाउँपालिका–२ खिकाला घर भएकी एक बालिका बुधबार मृत अवस्थामा भेटिएकी छिन् । गाउँ नजिकै रहेको सिममाडु मन्दिरमा नाङ्गो अवस्थामा र शरीरमा नीलडामका चोटसहित शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बिजुली कामीकी १२ वर्षीया छोरीको मृत अवस्थामा शव भेटिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । स्थानीय भातेखोला प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक रुपक खड्काको टोली घटनास्थल पुगेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन् । 

प्रहरी उपरीक्षक खड्काले घटना हेर्दा रहस्यमय भएको बताउनुभयो । उहाँका अनुसार सोही गाउँका १६ वर्षीय राजेन्द्र बोहोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । 

मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिमखेतमा ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । बालिकाले कानमा लगाएको सुन लुछिएको र शरीरभरि नीलडाम हुँदा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

–रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
बझाङमा एक बालिका मृत भेटिए