काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ६०९ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सबैभन्दा बढी काठमाडौंमा संक्रमितहरु थपिएका छन् ।