काठमाडौं । पछील्लो २४ घण्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ७ जिल्ला
- काठमाडौं
- भक्तपुर
- ललितपुर
- मोरङ
- चितवन
- सिरहा
- रुपन्देही