Home सडक तथा सबारी पहिरोले बस पुर्दा एकको मृत्यु, सात जना घाइते

पहिरोले बस पुर्दा एकको मृत्यु, सात जना घाइते

नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

उक्त पहिरोमा परी अन्य ७ जना घाइते भएका छन् । बिहीबार साँझ विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले ना ५ ख ७९४० नम्बरको बस पुरेको थियो ।

लेदोसहित खसेको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षीय हरिषचन्द केसीको मृत्यु भएको हो । उनको बिहीबार राति उपचारका क्रममा चितवनमा रहेको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

पहिरोले अवरुद्ध भएको सडक २४ घण्टापछि शुक्रबार बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
पहिरोले बस पुर्दा एकको मृत्यु, सात जना घाइते