काठमाडौं । धादिङको फिस्टारमा ट्याक्सी दुर्घटना हुँदा एकजनाको निधन भएको छ । सो घटनमा अन्य चार जना घाइते भएका छन् ।
काठमाडौंबाट धादिङबेसीका लागि छुटेको बा १ ज १२६२ नम्बरको ट्याक्सी गए राति ८ बजे तिर धादिङको सिद्धलेक गाउँपालिका–६ फिस्टार नजिकैको तिरतिरे धारामा दुर्घटना भएको प्रहरीले जनाएको छ । सो स्थान कालुपाण्डे राजमार्गको मलेखु–धादिङबेसी सडकखण्डमा पर्दछ ।
दुर्घटनामा परी गंगाजमुना गाउँपालिका–३ की ५० वर्षीया विन्दु तामाङको निधन भएको छ । एक सुत्केरी महिला सहित अन्य चारजना घाइते भएका छन् ।