काठमाडौं : गण्डकी प्रदेशमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको परीक्षणमा कास्कीका १७ जना, लमजुङका तीन जना, गोखराका १२ जना, नवलपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार ६ सय ४५ पुगेको छ । तिमध्ये एक हजार १ सय ४५ जना आइसोलेसनमा छन । ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।