काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना रहेका छन् । कुल संक्रमित मध्ये ७३.४ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।