काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंका ५०३ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुष रहेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
त्यस्तै बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३१३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।