Home अन्तरास्ट्रिय आज विश्व पर्यटन दिवस मनाइँदै

आज विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौं : पर्यटन र ग्रामीण विकासको नारासहित आज विश्व पर्यटन दिवस मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको छ ।

कोरोना महामारीका कारण विश्वभरि नै सीमित खालका कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । कोरोना संक्रमणका कारण यो वर्ष नेपालमा दिवसको खासै रौनक भने छैन । मुख्य पर्यटकीय क्षेत्रमा पनि खासै कार्यक्रम आयोजना गरिएका छैनन् ।

पर्यटन व्यवसायीहरुले दिवसको अवसरमा हाइकिङ, ट्रेकिङका कार्यक्रमहरु आयोजना गरेका छन । दिवसका अवसरमा शुभकामना सन्देश दिदै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटनका नवीनतम र दिगो गन्तव्यहरूको पहिचान, पूर्वाधार विकासका काम गरिरहेको बताएका छन् ।

कोरोना महामारीले नेपालको पर्यटन क्षेत्रलाई प्रभाव पारेपनि निकट भविष्यमा नै यो महाव्याधि नियन्त्रणमा आउने र नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने उनको भनाइ छ ।

विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव सात प्रतिशत रहेको छ भने करीब एघार लाख रोजगारी सृजना गरेको सरकारको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
आज विश्व पर्यटन दिवस मनाइँदै