काठमाडौ । दोलखाको पवित्र धार्मिक स्थल भीमेश्वर मन्दिरमा बडादशै भर सरकारी बाहेकका अन्य पुजा गर्न रोक लगाइएको छ । छ महिना अघि देखी नित्य पुजा बाहेक दर्शन गर्न समेत बन्द गरिएको भिमेश्वर मन्दिरमा दसैं अवधिभर गुठियारहरुले गर्ने सरकारी पुजा बाहेक अन्य पुजा रोक्ने निर्णय प्रशासन र गुठीको संयुक्त बैठकले गरेको हो । सरकारले मठ मन्दिर खोल्ने निर्णय गरेमा भने निर्णयमा पुर्नविचार गर्न सकिने भिमेश्वर गुठी तथा पुजा ब्यबस्थापन समितिले जनाएको छ ।
मन्दिरमा दसैंमा हजारौको संख्यामा पशु बली दिने गरिन्छ । पछिल्लो निर्णयसँगै यो बर्षको दसैंमा भने मन्दिरमा सर्वसाधारणले प्रवेश नपाउने भएका छन । देशमा संकट अनिष्ट हुनुभन्दा पहिले दोलखा भीमसेनको मूर्तिमा पसिना आउने विश्वास गरिन्छ ।