काठमाडौं : सुदुरपश्चिम प्रदेश देशभक्त युवा नेपालको प्रदेश कमिटिले पुर्णता पाएको छ। केन्द्रीय कमिटि एवम सरोकारवाला अभियान्ताहरुको छलफल बाट सुदुरपश्चिम प्रदेशमा पनि स्वतन्त्र युवाको संस्था देशभक्त युवा नेपालको कार्य समिति गठन गरिएको हो। समावेशि ढङ्गबाट देशभरका युवालाइ सहभागी गराएर देश र समाजका लागि फरक धारले समाज निर्माणमा कटिबद्ध रहने उद्देश्य बोकेको यस अभियानमा सुदुरपश्चिम प्रदेशबाट कार्य समितिमा अध्यक्ष अर्जुन लुहार, अन्य पदाधिकारी क्रमश: उपाध्यक्ष कोपिला थापा, सचिब राजन जयगढि, कोषाध्यक्ष दुर्गा बडवाल, सह-सचिव मनोज चन्द, सदस्यहरुमा नरेश बोहरा, अर्जुन बोहरा, लिलावती माली, र कमलेश बोहरा चयन भएका हुन्।
अभियानका उद्देश्यहरुयस देशभक्त युवा नेपाल एक स्वतन्त्र युवाको संस्था हो, जहाँ समावेशि ढंगबाट सबैलाइ सहभागी गराएर अगाडि बढेका छौं। यस अभियान उत्पन्न हुनका पछाडी निम्न कारण छन: १- देश डुब्नै लागिसकेको अबस्थामा हामिजस्ता युवा चुप लागेर बस्नु भनेको पनि देशलाइ गद्दार गरेको महसुस गर्यौं। २- सरकारका विभिन्न निकाय जनमुखी हुन सकेकनन, सामान्य ब्यक्ती जांदा ७ दिन लाग्ने कामलाइ पहुंचवाला ब्यक्ती जांदा ७ मिनटमा भैदिन्छ। ३- जनताद्वारा छानिएका प्रतिनिधिहरु आफ्नै दुनो सोझाउन ब्यस्त भए, जनता संधै पीडा नै पिडाको भारी लिएर भौतारिरहनुपर्ने अबस्था रह्यो। ४- सरकार समेत जनमुखी बन्न सकेन, भ्रष्टाचारिलाइ खुलेरै संरक्षण गर्न थाल्यो,पिडितलाइ न्याय भन्दा नि झनै मानसिक उल्झनमा बांच्न बाध्य बनायो। ५- जनताले आशा गरेको ब्यक्तिलाइ हटाइने र जनताद्वारा अस्विकार भएका ब्यक्तिलाइ जिम्मेवारी पदमा बसाल्ने प्रकृतिका कामहरु भए। ६- वातावरणिय स्वस्थतामा सरकारको ध्यान पुग्नै सकेन। ७ – जनताको माझमा गएर वास्तविक दुखी र पिडितलाइ चिन्न सकेन, बरु आफ्ना आसेपासेकालाइ मज्जैले पालन पोषण गरिरह्यो। ८- गणतन्त्रको प्रत्याभुती जनताले बास्तबमै गर्न सकेनन, बरु एक राजा फालेर अरु हजार राजा आएको अनुभूति नेपाली जनतालाइ हुन थाल्यो।

राजनितिक भागबन्डामा पद बिभाजन हुन थाल्यो, योग्य भन्दा पनि आसेपासेलाइ भर्ति गराउने खराब खेलमा देशको सरकार लाग्यो । ९- जनताको ढाड सेकिने गरि कर असुली गरेर पनि त्यस अनुरुपको बिकास हुन सकेन। १०- अन्याय बिकृती बिसंगती र अपराधलाइ कुनै पनि सरकारले निर्मुल पार्ने कोसिस सम्म पनि गरेनन। बरु आफ्ना कार्यकर्ता तथा आफन्तलाइ काखी च्याप्ने काम भयो। हो यस्तै बिबिध कामहरु जुन सुन्दा हेर्दा अनि महसुस गर्दा नै आंङ नै जिरिङ्ङ हुने खालका बिबिध खाले घटना र परिस्थितिलाइ देखेर आजित भएका हामिले अब सांचिकै देशलाइ हाम्रै पालामा सम्बृद्दी बनाउने हो भने हामिजस्ता युवा उठ्नुको बिकल्प नरहेको भन्दै हामिले विभिन्न साथिहरुको भेलामा यस देशभक्त युवा नेपालको परिकल्पना भयो।
हाम्रो मुख्री उद्देश्य भनेकै जसले जुन जुन काम गर्ने जिम्मा लिएका छन उनिहरुले त्यो काम इमान्दारिता र निस्वार्थ ढंगले सम्पादन गरियोस भन्ने नै हो । हामिले कसैको बिरोध या समर्थन गर्नका लागि यो अभियान सन्चालन गरेका हैनौं मात्र देशका बिबिध बिषयबस्तुलाइ सबल ढंगले र सकारात्मक ढंगले अघि बढाइयोस भन्नू नै हाम्रो मुख्य माग हो। जबसम्म देश सम्बृद्दको दिशामा अघि बढ्न सक्दैन तबसम्म हामिले हाम्रो यात्रा रोक्ने छैनौं। देशलाइ धेरै दिन सकौंला या नसकौंला तर दिन्छौ जरुर। कम्सेकम हाम्रो यात्राको दौरानमा कुनै एक ब्यक्तिले मात्र न्याय पाएछ भने या कुनै एक ब्यक्तिले मात्र आफ्नो आंखाको आँसु पुछ्न सकेछन भने हामिले हामिलाइ गौरवान्दित महसुस गर्नेछौं ।यो हाम्रो यात्रा अनबरत अथक र निस्वार्थ छ। देश भक्त युवा नेपाल सुदुरपश्चिम प्रदेश बर्तमन मनोनीत अध्यक्ष अर्जुन लुहारले बताए