Home समाचार धरानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

मोरङ-धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस कोभिड-१९ का एक महिला संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार धरान २ की ३८ वर्षीया महिलाको सोमबार विहान पौने ६ बजे मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विरामीलाई आइतबार राति ११ बजेर ५० मिनेटमा प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गरिएको थियो।

विरामीमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएको थियो। कोरोनासंग लक्षण मिल्दोजुल्दो देखिएपछि विरामीको राती नै पीसीआर परीक्षण गरिएको र रिपोर्ट पोजिटिभ आएको प्रवक्ता सापकोटाले जानकारी दिए।

यससंगै हालसम्म वीपी प्रतिष्ठानमा ३५ जना संक्रमितको मृत्यु भएको छ। त्यसैगरी, प्रदेश १ मा १९ महिला र ४५ पुरुष गरी कुल ६४ जनाको संक्रमणकै कारण मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
धरानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु