काठमाडौं । गण्डकी प्रदेशमा कोरोनाका ३० जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ती संक्रमितको पहिचान भएको हो । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।
संक्रमित हुनेमा नवलपरासीका २८, कास्की र गोरखाका एक⁄एक जना रहेका छन् । संक्रमित सबैजना कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका व्यक्ति हुन् ।