Home अर्थ तोलामा २ सयले घट्यो सुनको मूल्य

तोलामा २ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा उतार चढाव कायमै छ । बुधबार तोलामा ५ सय रुपैयाँले बढेको सुन बिहीबार र शुक्रबार दुवै दिन २–२ सयले ओरालो लागेको छ । मंगलबार तोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन बुधबार पाँच सय बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँ पुगेको हो ।

हिजो (बिहीबार) २ सय रुपैयाँले घटेर ९४ हजार ५०० कायम भएको छापावाल सुन आज पुन:  २ सयले घटेको हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कामय भएको छ। छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्यमा पनि घटेको छ । हिजो ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ८०० मा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीमा भने बिहीबारको तुलनामा शुक्रबार मूल्य स्थीर रहेको छ । बिहीबार तोलाको १ हजार १७५ रुपैयाँ कामय भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा बिक्री भइरहेको छ ।  

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौँ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
तोलामा २ सयले घट्यो सुनको मूल्य