Home राशिफल आज असाेज १७ गते शनिबार, यस्ताे छ तपाईकाे आजको राशिफल

आज असाेज १७ गते शनिबार, यस्ताे छ तपाईकाे आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

 व्यापार व्यवसायबाट लाभ मिल्ने तथा आर्थिक क्रियाकलापमा सोचे अनुरुप नै फाईदा हुनेछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । शुभ कार्य तथा धार्मिक काममा मन जानेछ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ । मन मिल्ने साथिका साथ प्रविधिको प्रयोग गरि आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  

समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउन सकिनेछ ।  दान र सहयोग गर्न मन लाग्ने हुँदा केहि रकम खर्च हुनेछ । बिदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिने छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) 

पैत्रिक सम्पति तथा सरकारी धन हातलागि हुने योग रहेकोछ । आम्दानीका स्रोतहरु फराकिला हुनुको साथै आयस्रोतका नयाँ बाटाहरु फेला पार्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानी हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

 व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुने समय रहेको छ । साथिभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीतिकर्मीहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

 प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । बिहानको समयमा सरसफाई तथा बाहिरी वाताबरणको ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

 बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ । ऋण, रोग तथा शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ भने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

सामाजिक कार्यले हौसला प्रदान गर्नेछ भने रचनात्मक काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । मनपर्ने वस्तु तथा उपाहार प्राप्तीको योग रहेकोछ । माया प्रेममा रमाउन सकिनेछ भने साथ दिनेहरु प्रशस्त भेटिनेछन् । सुन्दर पहिरनले व्यात्तित्वमा निखारता ल्याउन सकिनेछ । पारिवारिक जमघटका बीच मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पहिलेका समस्याहरु हल हुने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हने तथा पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । निर्माण सामग्री तथा उत्पादनमुखी व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

पढाइ लेखाइ अरु दिन भन्दा सुध्रियर जानेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुने योग रहेको छ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईँलाई सम्झिनेछन् । व्यापारिक माहोलमा दिन बित्ने तथा व्यवसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । मिठा मिठा परिकारका साथ रमाउन सकिने तर खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

आफन्त तथा मन पर्ने साथीका साथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउन  सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात पर्नेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्षित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो, रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले मन प्रशन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

 बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर प्रशस्त आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ भने साथिभाईको सहयोगले कृतिमानी काम गर्ने समय रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि राम्रो नतिजा ल्याउन सकिनेछ । माया प्रेमको गाठो कसिले हुनुको साथै घर परिवारमा सबैबाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
आज असाेज १७ गते शनिबार, यस्ताे छ तपाईकाे आजको राशिफल