काठमाडाैं । कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना हुनुभएकाे छ ।
राष्ट्रपति ट्रम्पलाई वाल्टर रीड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचारका लागि लगिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै थप सावधानीका लागि उहाँलाई अस्पताल भर्ना गरिएकाे उल्लेख गरेकाे छ ।
शुक्रबार ट्रम्पले ट्वीटमार्फत आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभएकाे थियाे । विज्ञप्तिमा ट्रम्पलाई कोरोनाका मध्यम स्तरको लक्षण देखिएकाे उल्लेख छ । ट्रम्पलाई सामान्य ज्वरो देखिएकाे छ ।
ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत एक भिडियो सन्देश पोस्ट गर्दै सबैलाई धन्यवाद दिनुभएकाे छ ।