Home राशिफल असोज १८ गते आइतबार, यस्तो छ तपाईंको आजको राशिफल

असोज १८ गते आइतबार, यस्तो छ तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाइ तथा कामको शिलशिलामा यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि समयले साथ दिनेछ । अग्रज तथा आफन्तको सल्लाह मानेर अगाडि बढ्नुहोला । आम्दानिका नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो हुनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

प्राकृतिक स्रोत तथा साथनको कारोबारबाट मनग्गे आम्दानि हुनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । दाजुभाई तथा आफन्तबाट भनेजस्ते सहयोग प्राप्त हुनाले काम गर्न थप सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीचको सम्बन्ध झन कसिलो भएर जानेछ । अध्यानमा प्रगति गर्न सकिने हुनाले गुरुवर्गहरु खुसि हुनेछन् । सरकारि धन तथा पैत्रिक धन सम्पती हात लाग्ने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले आवश्यक स्रोत साधन जुटाई दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी राम्रो रहनाले दिन सवल रहनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि भौतिक सम्पती जोड्न सकिनेछ । विशिष्ट व्याक्तिहरु नजिक हुनेछन् भने प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । शुभ समाचारले मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो भएर जानेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले हरेक क्षेत्रमा काम गर्न आट आउनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारि व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

स्वास्थले साथ दिने हुँदा शाहसिलो काम गर्न आट आउनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बौद्धिक प्रतिस्पर्धामा तपाईको नाम अग्र पंतिमा आउनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ । पढाइ लेखाइमा सोचेजस्तो प्रगति हुने तथा अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

व्यापारबाट मनग्गे धन लाभ हुनेछ । विशेष गरि निर्माण सामाग्र,औषधी र दैनिक उपभोग्य सामानको व्यापारमा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेकोछ । चुनौतीका बाबजुद नसोचेको काम सम्पादन गर्न सकिनेछ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । आमाको धन सम्पती प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दाजुभाई तथा आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने जागर आउनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँकै नाम आउनेछ । माया प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि मनग्गे आम्दानि हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बीचको सम्बन्ध सौहार्दपूर्ण रहनेछ भने तपाईबाट राम्रा काम हुने हुनाले सम्मान प्राप्त हुनेछ । संगित एवमं साहित्यमा रुचि जाग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
असोज १८ गते आइतबार, यस्तो छ तपाईंको आजको राशिफल