Home समाचार गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा आइतबार बिहान ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा ती संक्रमित थपिएका हुन् ।
 
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमित हुनेमा नवलपरासीका २६ जना रहेका छन् । त्यस्तै तनहुँका नौ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

अन्य संक्रमित हुनेमा लमजुङका पाँच जना, गोरखा, स्याङ्जा र बागलुङका एक एक जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ ।

निर्देशनालयका अनुसार चितवन मेडिकल कलेजबाट कोरोनाको संक्रमण पहिचान हुनुभएका सबैजना सोही अस्पतालको आईसोलेसनमा बस्नुभएको छ  । तनहुँको सुक्लागण्डकीका सबैजना बिपीकोईराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँमा कार्यरत चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारी हुनुहुन्छ । लमजुङका सबैजना कन्ट्रयाक ट्रेसिङबाट पहिचान हुनुभएको हो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि