काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतवार सुनचाँदीको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा रू.२०० बढेको हो। योसँगै आइतवार प्रतितोला फाइन गोल्डको मूल्य प्रतितोला रू. ९४ हजार ५०० र तेजाबी गोल्डको मूल्य रू. ९४ हजारमा कारोबार भइरहेको छ।
आइतवार चाँदीको मूल्य पनि रू.५ बढेको छ। चाँदीको मूल्य प्रतितोला रू.१ हजार १८० मा कारोबार भइरहेको छ ।गत शुक्रवार चाँदीको मूल्य प्रतितोला रू.१ हजार १७५ मा कारोबार भएको थियो।
केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला रू.१ लाखभन्दा माथि पुगेको थियो । सुनको मूल्य घटबढ भइरहेको र बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुनको खरीदविक्री भने अझै ठप्प अवस्थामा रहेको व्यवसायीहरुले बताएका छन् ।