Home समाचार सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि

सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना देखिएपछि अदालतको काम समेत प्रभावित भएको छ ।

सर्वोच्च अदालतले विज्ञप्ति प्रकाशित गर्दै संक्रमित सबै आइसोलेसनमा रहेको जनाएको छ । उनीरूको सम्पर्कमा पुगेका अन्य न्यायाधीश र कर्मचारी होम क्वारेन्टिनमा रहेको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतले संक्रमित न्यायाधीश र कर्मचारीहरूको विवरण भने सार्वजनिक गरेको छैन । तर सर्वोच्चका एक जना न्यायाधीशसहित परिवार नै संक्रमित भएका छन् । दुई जना न्यायाधीशलाई लक्षण देखिएको बताइएको छ ।

केही कर्मचारी पनि संक्रमित भएका छन् । न्यायाधीस र कर्मचारीमा संक्रमण पुष्टि भएपछि सर्वोच्चले एउटा इजलास बाहेक आज तोकिएका सबै इजलास बन्द गरेको छ ।

संक्रमित न्यायाधीशले प्रधानन्यायाधीशलाई आफू संक्रमित भएको जानकारी गराएपछि आजका लागि न्यायाधीश मनोजकुमार शर्माको एउटा मात्रै इजलास तोकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
सर्वोच्च अदालतका न्यायाधीशलाई पनि कोरोना संक्रमण पुष्टि