Home राशिफल असोज १९ गते सोमबार, यस्तो छ तपाईंको आजको राशिफल

असोज १९ गते सोमबार, यस्तो छ तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अवसर आए पनि तपाईँ आफ्नै कारणले काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । शुभ चिन्तकहरूले आफ्ना कमजोरी थाहा पाई आलोचना गर्न सक्छन् । स्वास्थ्यका लागि खानपान र वाहिरी वातावरणमा प्रति सचेत रहनुहोला । अनावश्यक भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने लामो विदेश यात्राको सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा रुचि बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानि हुनेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । प्रेम प्रशङगमा दिन कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाइ लेखाइमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बीचको सम्बन्धमा सुधार भएर जानेछ । दिगो काम गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । व्यापारमा लगानि बढाई भनेजस्तो नाँफा कमाउन सकिनेछ । दाजुभाईले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान प्राप्त हुनेछ । साथी तथा आफन्तसँग भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गा जमिनको कारोबारबाट केही मात्रामा फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ भने प्रयत्न गर्दा पद प्राप्तीको गतिलो योग रहेकोछ । स्वास्थ्य सबल रहने हुनाले व्यवसायिक क्षेत्र र कृषि क्षेत्रमा समय लगानि गरि आम्दानी बढाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

रोकिएका तथा थाति रहेका कामहरु बन्नुका साथै आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । नोकरिमा बढुवा हुने तथा नयाँ काम पाउने अधिक सम्भावना रहेकोछ । अध्ययनमा मन जाने हुनाले खोज तथा अनुशन्धानको क्षेत्रमा नयाँ पनको बिकास गर्न सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेको छ भने माया प्रेममा आत्मियताको बृद्धि हुनेछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ । छोटो तथा लामो दुरिको यात्राको योग रहेकोछ भने विदेशी लगानिबाट सञ्चालीत सस्थामा काम पाउने सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

एकल तथा साझेदारि व्यावसायबाट थोरै भएपनि नाँफा कमाउन सकिनेछ । साथिभाईहरु बीच मित्रताको बन्धन कसिलो भएर जानेछ भने माया प्रेम नजिक हुन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुने हुँदा मन प्रशन्न हुनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले हरेक क्षेत्रमा अगाढि बढ्न सकिनेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

ईमान्दार तथा परिश्रमी भएर जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो हुनुका साथै घर परिवारमा आफन्तसँगको सम्बन्ध थप प्रगाड बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि तथा व्यापार फस्टाएर जाने समय रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनिति तथा समाजसेवामा जनताको भने जस्तो समर्थन पाईने तथा मानसम्मान,ईज्ज्त प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थिहरुले पढाईमा राम्रो प्रगति गरि नतिजा आफ्नो हातमा पार्न सक्नेछन् । घर जग्गा तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन सक्दा दिन रंगिन बन्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

छोटो तथा रमाईलो यात्राको तय हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुनसुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुनेछ भने घर परिवारमा एक अर्काबीच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
असोज १९ गते सोमबार, यस्तो छ तपाईंको आजको राशिफल