गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटनामा परी सोमबार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमवाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्याक्टर आइतबार बिहान बलीथुमको टापु भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्याक्टरमा सवार गुल्मी दरबार गाउँपालिका १ माझीगाउँ वस्ने वर्ष १६ का धन बहादुर माझीको मृत्यु भएको हो । उनको ट्याक्टरको चक्कामा च्यापिएर मृत्यु भएको हो ।
दुर्घटनामापरि दरवार एकका लाल बहादुर बुढा मगर र ट्याक्टर चालक कपिलबस्तुका रेशम ताम्राकार घाईते छन । घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।