काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै थप १ हजार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार काठमाडौं उपत्यकामा थपिएका १ हजार ५३१ जना कोरोना संक्रमित मध्ये १ हजार १७८ जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।