Home राशिफल असोज २० गते मंगलबार यस्तो छ तपाईंको आजको राशिफल

असोज २० गते मंगलबार यस्तो छ तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईँको काममा सहयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पछिसम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनिति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) 

समय मध्ययम रहेको असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुने छैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घर परिवारमा आफन्तहरु वीच घरायसी कुरामा राय बाजिनेछ । राज्यबाट नजिक भई काम गर्नेहरुले ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 

आम्दानिका नयाँ बाटाहरु पहिल्याउदै मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुने तथा नयाँ प्रकृतिका काम शुभारम्भ गर्न सकिनेछ । माया प्रेममा एक अर्का बीच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफुतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

 तपाईँबाट राम्रा काम हुनाले पिता, परिवार वा वंशकै मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानले उन्नति र प्रगति गर्नेछन् । दृढ इच्छाशक्तिका कारण शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुनेछ । गरेको कर्ममा भाग्य थता समयले साथ दिनेछ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । सामाजिक गतिविधि, परोपकारी काम र दान धर्ममा समय व्यातित हुनेछ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

 छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आफन्त तथा परिवारका सदस्यहरु खुसि हुनेछन् । व्यावसायमा भनेजस्तो आम्दानि हुने हुनाले आर्थिक रुपमा सबल होईनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट सकारात्मक नतिजा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

 बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनाले सम्यम भई अगाडि बढ्नुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

 समय मध्ययम रहेकोले अनावश्यक काममा अलमल हुनेछ । खानपान, मानोरञ्जन तथा बिलाशी बस्तुको सोखले खर्च बढ्ने योग रहेकोछ । आफन्तलाई दिईएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । सम्बन्ध अनुकूल बनाइराख्न हम्मे हम्मे पर्नेछ  । तरपनि समस्या दर्साउदा आफन्त तथा शुभचिन्तकले साथ दिनेछन । आज गरिने मिहिनेत पछिका लागि लाभ दाएक हुनेछ । खानपानमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) 

सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउदै सकारात्मक नतिजा हात लाग्ने योग रहेकोछ । आयात निर्यात व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग  तथा समर्थन पाईने हुँदा मन प्रसन्न हुनेछ । पुराना तथा थाति रहेका काम तथा आर्थिक मुद्दाहरु हल भएर जानेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टाएर जानेछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने धन संग्रह गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ ।   अध्ययनमा प्रगति हुनुका साथै आफ्नो ज्ञान प्रयोग गरि काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुने अधिक सम्भावना रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउने समय रहेको तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुले नै दाबि गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुशन्धानको क्षेत्र कमजोर रहने तथा पढाइ लेखाइ बिग्रनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । तरपनि  कृषि तथा पशुपालन व्यावसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । बित्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

दाजुभाई तथा छिमेकिबाट तपाईँले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ । लेखन शैलीको विकास हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
असोज २० गते मंगलबार यस्तो छ तपाईंको  आजको राशिफल