चितवन : जिल्लाको भरतपुर महानगरपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । महानरको वडा नम्बर ३ का ७० वर्षीय संक्रमितको सोमबार साँझ मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएका उनी होम आइसोलेसनमा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि भरतपुर अस्पताल ल्याइएको थियो । उनलाई अस्पताल ल्याइ पुर्याउँदा मृत अवस्थामा रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
मृतकका परिवारका अनुसार ती पुरुवालाई ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या थियो । चार दिन अघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।