Home समाचार कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

२० असोज, काठमाडौं : कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा दुई र सुनसरीमा र नवलपरासीमा एक–एक जनाको मृत्यु भएको हो ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई संक्रमित पुरूषको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष रहेका छन् । कानेपोखरीका पुरूष ब्लड क्यान्सरबाट पीडित थिए भने रतुवामाईका पुरूषमा मधुमेहको पनि समस्या थियो ।

साथै चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको हो ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।

त्यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत धरान–३ का ६४ वर्षीय पुरुषको पनि आज विहान मृत्यु भएको छ । उनी गत असोज १२ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ५ सय ५८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु