काठमाडौं । सांसद एवम् नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई सोमवार गरिएको परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।
आफूमा कोरोना संक्रमण पुष्टि भएसँगै आफ्ना सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाई पीसीआर परीक्षण गर्नको लागी आग्रह समेत गरेकी छिन् ।
पछिल्लो समय राजनीतिक व्यक्तित्वहरुमा कोरोना संक्रमणको दर बढिरहेको छ । गत असोज १७ गते शनिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु अर्नुननरसिंह केसी, गगन थापा लगायत अन्य नेताहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । भने यता प्रधानमन्त्रीका राजनीतिक, प्रेस तथा परराष्ट सल्लाहकारसहित बालुवाटारमा ठुलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको थियो ।