काठमाडौं । बितेको २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार ४७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।