Home समाचार कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु

कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु

वुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा २ जनाको संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेका छन् ।

डा. गौतमले सुनवल ५ का ७६ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि असोज १५ गते स्वाब पठाई पीसीआर परीक्षण गरिएकोमा १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको बताएका छन् ।

उनको आज बिहान १२ः ५० बजे मृत्यु भएको हो । उनलाई उच्च ज्वरो र उच्च रक्तचापको समस्यासमेत रहेको थियो ।

त्यस्तै, श्वासप्रश्वासमा समस्या भएपछि असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको छ ।

डा. गौतमका अनुसार मृतकमा सुख्खा खोकी, ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
कोरोना संक्रमणको कारण थप २ जनाको मृत्यु