काठमाडाैं । गण्डकी प्रदेशमा १७ जना काेराेना भाइरस संक्रमित थपिएका छन् ।
चितवन मेडिकल कलेज र भरतपुर अस्पताल चितवनकाे प्रयाेगशालामा चितवनमा गरिएको परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
लमजुङका १, तनहुँका १, कास्कीका १ र पूर्वी नवलपरासीका १३ जनामा संक्रमण पुष्टि भएकाे हाे । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ३० पुगेको छ ।
यसअघि बुधबार बिहान तनहुँमा २ र म्याग्दीमा २ जना संक्रमित थपिएका थिए । कुल संक्रमितमध्ये अहिलेसम्म ३ हजार ८० जनाले काेराेनालाई जितेका छन् ।
गण्डकीमा अहिलेसम्म काेराेनाले ३६ जनाकाे ज्यान लिएकाे छ ।