Home राशिफल असोज २२ गते विहिबार, यस्तो छ तपाईंको आजको राशिफल

असोज २२ गते विहिबार, यस्तो छ तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) 

दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद हुनसक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । आफन्त तथा साथिभाईबाट सुनिने दुखित समाचारले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै समय खर्चनु पर्नेछ । तरपनि छोटो दुरिको रमाईलो यात्रा हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) 

बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । दैनिक उपभोग्य बस्तुको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ । कुटुम्बबाट आर्थिक सहयोग प्राप्त हुनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको व्यापारमा बृद्धि हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) 

तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

 न्यून पारिश्रमिकमा दिनभर व्यास्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति रहनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा औषधि उपचार खर्च हुनेछ । अन्यकाममा सहभागि हुँदा पढाइ लेखाइ भने थाति रहनेछ । तरपनि यात्राको तय हुनेछ भने बिदेशि भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) 

आज नाँफा वा लाभांश सञ्चय नहुन सक्छ । व्यापारमा मन्दि आउने तथा सामानहरु विग्रन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त हुने छैन  । आम्दानी र सञ्चित रकम समेत खर्च हुनेछ । तरपनि निर्माण सामाग्र र प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले प्रविधिको प्रयोग मार्फत आफ्ना भनाईहरु साटासाट गर्न सक्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) 

राम्रा काम गर्दा गर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । व्यापारमा भनेजस्तो आम्दानि नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । उपलब्धी बिहिन काममा समय गुज्रिने हुँदा पढाइ लेखाइमा ध्यान जाने छैन । प्रेम सम्बन्धमा सामान्य घटपट हुन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

समाजसेवा तथा कल्याणकारि काममा दिन बित्ने योग रहेकोछ । काम बन्नाले दिन उत्साहबर्धक रहनेछ । राजनीति तथा सरकारि काममा सफल भई नाम कमाउन सकिनेछ । धर्ममा मन जाने हुनाले धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन तथा लेखन क्षेत्रका समय लगानी गरि आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) 

कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धि न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

 माया प्रेममा आम्मियताको बढोत्तरी हुनेछ भने सामिप्यता बढेर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुनेछ । जीवन साथिसँग रमाईलो यात्राको तय हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । शरिरमा स्फुर्ति बढ्ने हुँदा जस्तो सुकै काम गर्नपनि जागर आउँनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) 

समय मध्ययम रहेकोले आफन्त तथा घरपरिवारका मानिस टाडिनेछन् । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुन सक्छ ध्यान । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन नपाईने हुँदा मन दुःखी हुनेछ । ऋण रोग तथा सत्रुको सामना गर्नुपर्दा मानसिक तनाव बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) 

पढाइ लेखाइ तिब्र गतिमा अगाडि बढ्नेछ भने बौद्धिक कार्यमा सहभागि भई उत्कृष्ट प्रश्तुति दिई भनेजस्तो पारिश्रमिक हात लगाउन सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । समुदायको हितमा काम गरि नाम कमाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 

घर जग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउन सक्छन् । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउन मुस्किल रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । तरपनि कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
असोज २२ गते विहिबार, यस्तो छ तपाईंको आजको राशिफल