Home स्वास्थ्य काखी गन्हाउने समस्याबाट बच्न यस्तो गर्नुहोस् !

काखी गन्हाउने समस्याबाट बच्न यस्तो गर्नुहोस् !

पसिना गन्हाउने समस्यासंगै मानिसमा काखी गन्हाउने समस्या समेत हुने गर्दछ । काखी गन्हाउने समस्याले मानिसको ब्यक्तित्वमा समेत असर पार्दछ । काखी गन्हाउने समस्यालाई निम्न घरेलु विधिबाट समाधान गर्न सकिन्छ ।

अन्य मौसमको तुलनामा गर्मी मौसममा मानिसलाई अत्यधिक पसिना आउने गर्दछ । पसिना आउनु स्वभाविक भए पनि यसको गन्धले मानिसलाई समस्यामा पार्ने गर्दछ ।

१. शितलमा बस्ने : पसिना गन्हाउने वा काखी गन्हाउने समस्याबाट बच्न सकेसम्म शरीरमा पसिना आउन नदिनु नै उत्तम विकल्प हुन्छ । यसकालागी मानिस अत्यधिक गर्मी हुने ठाउँमा नबस्ने सकेसम्म शितलमा बस्ने गर्नु पर्दछ ।

२. सरसफाई : काखी गन्हाउने समस्या भएकाहरुले दैनिक न्युनतम एकपल्ट नुहाउने बानी बसाउनु पर्दछ । सम्भव भए बिहान र अपरान्हमा नुहाएमा शरीर शितल भई पसिना गन्हाउने समस्या हुदैन ।

३. सुती कपडाको प्रयोग : काखी गन्हाउने समस्या भएकाहरुले हावा छिर्ने सुती वा फाईबरको कपडा लगाउनु पर्दछ । यसले अन्य कपडाको तुलनामा शरीरमा हावा छिर्न नपाउने समस्याबाट बचाउँछ ।

४. पानी र फलफूल : यो समस्या भएकाहरुले प्रसस्त मात्रामा पानी वा फलफूल खाने गर्नु पर्दछ । प्रर्याप्त पानी पिएमा पसिना गन्हाउने समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।

५. खाने कुरा : पसिना गन्हाउने समस्या भएकाहरुले कफी, जंक फुड, तारेका खाना खानु हुदैन । यस्ता खानाले पसिना ग्रन्थीलाई सक्रिय बनाउँछ र अत्यधिक पसिना आउने र गन्हाउने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
काखी गन्हाउने समस्याबाट बच्न यस्तो गर्नुहोस् !