Home समाचार रौतहटमा फेरि एक १७ वर्षीया युवतिको शंकास्पद मृत्यु

रौतहटमा फेरि एक १७ वर्षीया युवतिको शंकास्पद मृत्यु

रौतहट : रौतहटमा एक १७ वर्षीया युवतिको शंकास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको छ । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ छतौनाटोल वस्ने लाल महम्मद धुनियाको १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

युवतीको शव स्थानीय फुल महम्मद, लाल महम्मद, नसरुदिन मन्सुरी र निजकै श्रीमती सहनाज मन्सुरी समेत गरी ४ जना मिली स्थानीय जनरल कवाडीको घरमा ल्याएर छोडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए ।

अनुसन्धानमा खटेको प्रहरी टोलीले फुल महम्मदलाई नियन्त्रणमा लिएको छ । अन्य जुनैद मियाँ लगाएतका फरार व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ । असोज १६ गते वृन्दावन नगरपालिकाको १४ वर्षीया बालिका संझा कुमारीको हत्यारा पता नलाग्दै रौतहटमा पुनः २१ गते राती एक युवतिको शंकास्पद मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
रौतहटमा फेरि एक १७ वर्षीया युवतिको शंकास्पद मृत्यु