जाजरकोट । जाजरकोटमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ६ पुगेकाे छ । भे१ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका-१ काे औलखोलामा बुधबार साँझ दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएकाे थियाे । घटनास्थल नजिक थप एक जनाकाे शव भेटिएसँगै ज्यान गुमाउनेकाे संख्या ६ पुगेकाे जिल्ला प्रहरी कार्यलय जाजरकाेटले जनाएकाे छ ।
गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको जीप सडकबाट करिब ५ मिटर तल खोलामा खस्दा दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा जुनीचाँदे गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाही, साेही वडाकै कृतिबहादुर शाही, खेमबहादुर शाही, वडा नम्बर-५ का मालिका बस्नेत र कृष्णबहादुर शाहीकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
लालबहादुर बुढाकाे पनि दुर्घटनामा परेर ज्यान गएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परेर एक जना बेपत्ता भएका छन् । उनकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।