काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । उनका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सुर्य थापा कोरोनामुक्त भएका हुन् ।
तीनै जनाको बिहीबार आएको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन । तीनै जनालाई गत असोज १७ गते संक्रमण पुष्टि भएको थियो ।
संक्रमणमुक्त भएपछि मुख्य सल्लाहकार रिमालले कोरोना केही होइन भन्नु अतिरञ्जना हो, कोरोना लागेपछि सिद्धियो भन्नु उत्तेजनापूर्ण अफवाह भएको उल्लेख गरेका छन् ।
लक्षणबिनाका संक्रमितमा कोरोना भाइरसको संक्रमण गम्भीर नभए पनि लक्षणसहितका संक्रमितका लागि ज्यानै लिने रहेको रिमालको भनाइ छ । उनले तरिका पुर्याउँदा महामारीको असर न्यून हुने र लापर्बाही गर्दा ज्यानै जाने उल्लेख गरेका हुन ।